तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

केन्द्रबिन्दु
98
Shares

काठमाडौं ।  संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ ।

महिला समितिमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयामा छलफल गरिने सम्भावित कार्यसूची छ । त्यस्तै, शिक्षा समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।

Logo