बालेनले जिते मुद्धा, अब फेरि न्युरोडको सडक काटेर फुटपाथ बढाउलान् ?[भिडियाेसहित]

बालेनले जिते मुद्धा, अब फेरि न्युरोडको सडक काटेर फुटपाथ बढाउलान् ?[भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

काठमाडाैं । न्यूरोडलाई युरोप जस्तै बनाउने लक्ष्यका साथ अघि बढेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले अन्तत संघिय सरकारविरुद्ध मुद्दा जितेका छन् । केही समयअघि मेयर बालेनले न्यूरोडमा फुटपाथ विस्तार गर्ने भन्दै रेखाङ्कनसँगै भत्काउने काम समेत अघि बढाई सकेका थिए । तर सडक विभागले न्यूरोडको सडक भत्काउने र बनाउने अधिकार आफूसँग मात्र भएको भन्दै बालेनकै अघि रेखाङ्कनसँगै भत्काइ सकेको सडकमा कालो पत्रे गरेर प्रतिसोधकै भावनामा उत्रिएको थियो ।

सर्वसाधारणका लागि आवतजावतमा सहज होस् भनेर न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र स्तरोन्नतिको कार्य अघि बढाई रहदा अर्कोतर्फ मेयर बालेन शाह, केही स्थानिय व्यापारी र सडक विभागको आँखाको कसिंगर नै बनेका थिए । बालेनको सपनामा तगारो बनेको सडक विभागविरुद्ध बालेनले सोही समय उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । सोही मुद्दाको अन्तरिम फैसलाले बालेनलाई न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेको हो । बालेनको काममा सधैं तगारो बनेर उभिने अदालत यस पटक भने बालेनको पक्षमा उभिएको हो ।

यहि विषयलाई केन्द्रमा राखेर केन्द्रबिन्दु टोलीले सर्वसाधारणसँग बालेनको भिजनमा बन्न लागेको न्यूरोडको फुटपाट कति हदसम्म ठिक र बेठिक, सडक विभाग र बालेनको जुंगा लडाइपछि बालेनले पाएको सफलताप्रति सर्वसाधारणको विचार र केपी ओली प्रधानमन्त्री बनेपछि मेयर बालेनलाई परिवर्तनका काम गर्न कति सहज र असहज हुन्छ भनि सोधेका छौं । के भन्छन् त सर्वसाधारण ?

Logo