समयमा काम नगर्ने चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

समयमा काम नगर्ने चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो ।

कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको अनुगमन कार्यालयको सूचनामा उल्लेख छ ।

सरकारको कालोसूचीमा पर्ने कम्पनीहरुमा बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिंग, काठमाडौं लगायत रहेका छन् । कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ  ।

Logo