समयमै कांग्रेस महाधिवेशन हुनेमा डा.कोइराला सशंकित

समयमै कांग्रेस महाधिवेशन हुनेमा डा.कोइराला सशंकित

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौमा भेटघाट र छलफल गरेका छन् ।

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए । तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।

महानगरका सभापतिहरुले आफुहरुको पार्टी मर्यादाक्रम नमिलेको र बिधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए । भेटघाटमा महानगर सभापतिहरु निलकाजी शाक्य(काठमाडौ), सुवानन्द धाख्वा(ललितपुर), चित्रसेन अधिकारी (भरतपुर) दिपक चापागाईं(बिराटनगर) र मनिन्द्र नेपाली(वीरगन्ज) सहभागी थिए ।

Logo