प्रधानमन्त्री केपीलाई विश्वासको मत दिनुअघि संसदीय दलको बैठक बस्दै कांग्रेस

प्रधानमन्त्री केपीलाई विश्वासको मत दिनुअघि संसदीय दलको बैठक बस्दै कांग्रेस

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ । त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानीक व्यवस्थाअनुसार ओलीले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । संसदका दुई ठुला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

Logo