पूर्वराज्यमन्त्री हत्या प्रकरणः सीआईबी टोलीले थाल्यो अनुसन्धान

पूर्वराज्यमन्त्री हत्या प्रकरणः सीआईबी टोलीले थाल्यो अनुसन्धान

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ ।

इन्सपेक्टरको कमाण्डमा दुई जनाको टोली सर्लाही पठाइएको छ । सीआईबीबाट खटिनेमा इन्सपेक्टर सूर्यबहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बोसिन राजा रहेका छन् ।

आइतबार राति आफ्नै घरमा हत्या गरिएका रायको घटनालाई ३ वटा युनिटले अनुसन्धान सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलि, प्रदेशको टोलि र सीआईबीको टोलिबाट घटनाको अनुसन्धान भइरहेकोे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका ८० वर्षीय रायको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

Logo