एक महिनाभित्र प्रस्तुत हुनेगरी अध्यागमन ऐन निर्माणमा सघाउने गृहमन्त्रीको प्रतिबद्धता

एक महिनाभित्र प्रस्तुत हुनेगरी अध्यागमन ऐन निर्माणमा सघाउने गृहमन्त्रीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन र कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

आज अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन, नियम, कार्यविधि र नियामाली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिएका हुन् ।
उनले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रियाअघि बढाउन पनि निर्देशन दिए ।

मानव बेचबिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित होऊन् भन्दै उनले यदि कुनै कर्मचारी दोषी पाइएमा कडा कारबाही हुने चेतावनी दिए । अध्यागमन कार्यालयबाट मुलुकको आकृति प्रतिविम्बित हुने भएकाले सम्बद्ध कर्मचारीलाई सबै यात्रीसँग असल व्यवहार गर्न निर्देशन दिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गृहसचिव एकनायारयण अर्यालले पूर्ण क्षमतामा अध्यागमन कार्यालय सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै सरकारी निकायसँग समन्वय गरेर विभागले काम गर्नुपर्ने बताए । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालयसँग समन्वय र सहकार्य हुनुपर्नेमा उनको जोड थियो ।

विभागका महानिर्देशक कोशहरि निरौलाले परिवर्तित सन्दर्भमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५अनुसार कार्यसम्पादन चुनौतीपूर्ण भएको बताए ।

Logo