बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाको दाबी पेश, आजै नियुक्त गर्ने तयारी

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाको दाबी पेश, आजै नियुक्त गर्ने तयारी

केन्द्रबिन्दु
154
Shares

हेटौंडा । नेपाली कांग्रेसका बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । लामाले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेका हुन् ।

११० सदस्यीय प्रदेश सभामा कांग्रेस र एमालेसँग ६४ सांसद छन् । जबकि सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७ र नेमकिपाको ३ सांसद छन् ।

संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका प्रदेश प्रमुख शर्माले लामालाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

यता मुख्यमन्त्री नियुक्त नहुँदै नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम भने टुंगो लगाएको छ । एमालेले प्रेम भक्त महर्जन, किरण थापामगर, कृष्ण सिलवाल, प्रकाश श्रेष्ठ, अमन मास्के र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो ।

Logo