पाँच हजार घुस प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

पाँच हजार घुस प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ५ हजार घुस प्रकरणमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लेखकले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई दिनुपरेको घटनाबारे तत्काल छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको बताएका हुन् ।

मन्त्री लेखकले उक्त घटनाबारे सांसद महतोसँग कुरा गरेर ती व्यक्तिको पहिचान गरिदिन आग्रह गरेको समेत बताए ।

मन्त्री लेखकले भने, ‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु । प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ । यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’

Logo