सांसद महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

सांसद महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । शिक्षा मन्त्रालयले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य छन् । जनता समाजवादीका सांसद वीरेन्द्र महतो प्रतिनिधिसभा बैठकमै छोराले भारतीय सीबीएसई कोर्स पढेर नेपालबाट समकक्षता लिँदा पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताएका थिए । उनले ५ हजार घुस दिएपछि मात्रै काम बनेको भन्दै संसदमा प्रश्न उठाएका थिए । छानबिन समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

Logo