लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता परिवर्तन

लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता परिवर्तन

केन्द्रबिन्दु
70
Shares

बुटवल । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजकुमार चौधरीलाई चयन गरेको छ । धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दल नेता बनाउने पार्टीले निर्णय गरेको हो।

पार्टीले संसदीय दल नेताको राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद् सचिवालयमा समेत गराइएको छ । राजकुमार यस अघि प्रमुख सचेतक थिए । धर्मबहादुर चौधरी यसअघि पाटीको तर्फबाट नेतृत्व गर्दै पटक पटक मन्त्री बनेका नेता हुन् । लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन्।

Logo