लुम्बिनीमा एमालेले टुङ्ग्यायो मन्त्रीको नाम

लुम्बिनीमा एमालेले टुङ्ग्यायो मन्त्रीको नाम

केन्द्रबिन्दु
112
Shares

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशमा मन्त्री बन्नेहरूको नाम टुङ्गो लागाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार एमालेको भागमा परेका ४ मन्त्रीको नाम टुङ्गो लागेको हो ।

रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका हुन् । आज मुख्यमन्त्रीमा आचार्य र अन्य सबै मन्त्रीहरूले विना विभागीय जिम्मेवारीमा शपथ ग्रहण गर्ने छन् । प्रदेश प्रमुख अमिक शेरचनको बुटवलस्थित कार्यालयले बिहान शपथ कार्यक्रम राखेको जनाएको छ ।

लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति छ । बाँकी २ मन्त्रालय साना दलका लागि राखिएको छ । लुम्बिनीमा १२ मन्त्रालय रहेको छ ।

Logo