एमालेको लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

एमालेको लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

केन्द्रबिन्दु
98
Shares

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् । गिरीले दलको नेताबाट राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।

लुम्बिनी प्रदेशमा गिरी दलको नेता भए पनि उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएका हुन् । मुख्यमन्त्री आचार्यले आज शपथ लिएका छन् ।

Logo