राज्य व्यवस्था समितिमा उपसभामुखलाई कारबाहीको माग

राज्य व्यवस्था समितिमा उपसभामुखलाई कारबाहीको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख इन्दिरा रानालाई कारबाही गर्नुपर्ने माग गरिएको छ । समितिको बैठकमा सांसदहरूले पदीय मर्यादा भुलेर उपसभामुख रानाले गैर सांसदलाई अमेरिकाको भिसाका लागि सिफारिस गरेको दाबी गर्दै परेको उजुरीबारे बुधवार छलफल कारबाहीको माग गरेका हुन् ।

समिति सदस्य ईश्वरी न्यौपानेले उपसभामुखले लेटरहेड दुरूपयोग गरेको बताइन् । यस्तै अर्का सदस्य वासुदेव घिमिरेले उपसभामुख रानासँग जोडिएको प्रकरणमा नेपाली व्यक्ति अमेरिका पठाउन खोजेको र लेनदेन पनि भएको कुरा बाहिर आएकाले गम्भीर रूपमा छलफल हुनुपर्नेमा जोड दिए ।

समिति सदस्य ओनसरी घर्तीले उपसभामुखबारे आएको उजुरीको यथार्थ छुट्टाउन छानबिन प्रक्रिया अघि बढाउन माग गरिन । भक्तपुर बालकोटका अर्जुन बास्कोटाले यही साउन १ गते समितिमा उजुरी दर्ता गराएका हुन् । ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औँ सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्रले विवादित बनेको छ । २६ फेब्रुअरी २०२३ मा रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि बढाउन आग्रह गर्दै पत्र लेखिकी थिइन् ।

Logo