निर्वाचन आयोगका प्रस्तावित आयुक्तको सुनुवाइ गोप्य

निर्वाचन आयोगका प्रस्तावित आयुक्तको सुनुवाइ गोप्य

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग भावी योजना र उजुरीहरूका बारेमा गोप्य रूपमा सुनुवाइ गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो । प्रधानले आफ्नो भावी योजना सम्बन्धी अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेपछि सवाल जवाफ सुरु भएको थियो । तर सवाल जवाफमा पत्रकारहरूलाई भने सहभागी हुन दिएको थिएन ।

सुरुमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो तर प्रधानले प्रस्तुती सुनाएपछि सवाल जवाफमा पत्रकारलाई नराख्ने निर्णय भएको सुनाइयो । प्रस्तावित आयुक्त प्रधानविरुद्ध यौन शोषणको उजुरी पनि परेको थियो ।

Logo