संसदीय समिति बैठकबाट हाजिर मात्र गरेर बाहिरिए देउवा

संसदीय समिति बैठकबाट हाजिर मात्र गरेर बाहिरिए देउवा

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा पुगेका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा हाजिर मात्र गरेर बैठकबाट बाहिरिएका छन् । बैठकमा झण्डै दुई मिनेट बसेपछि उनी बैठक कक्षबाट बाहिरिएका थिए ।

बैठकमा सहभागी भएका देउवा छलफलमा भाग नलिई हाजिर गरेर बैठकबाट बाहिरिएका हुन् । उनी छलफलमा सहभागी हुने गरेका छैनन् । आजको बैठकमा छात्रवृत्ति ऐन २०२१, विश्वविद्यालय अनुदान आयोग र विद्यार्थीलाई विदेश जान दिइने नो अब्जेक्सन लेटर कुन तहका लागि दिने भन्ने विषयमा छलफल भइरहेको छ ।

Logo