सङ्क्रमणकालीन न्याय सहजीकरण संयन्त्रको बैठक बस्दै

सङ्क्रमणकालीन न्याय सहजीकरण संयन्त्रको बैठक बस्दै

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज पनि बस्दै छ । बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बिहान ९ बजे बस्नेछ ।

यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए । संयन्त्रले टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्नेछ । बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा सहभागी हुनेछन् ।

लामो समयदेखि थाती रहेका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी विषय टुंगो लगाउनका लागि प्रमुख तीन दलको सहजीकरण संयन्त्र गठन भएको थियो । शान्ति प्रक्रियाका बाँकी काम सत्य निरूपण गरी पीडितलाई न्याय दिने, गम्भीर मानव अधिकार उल्लंघन गर्नेलाई सजाय दिने, बेपत्ता नागरिकको छानबिन गर्नेलगायतका विषय भने अझै बाँकी छन् ।

Logo