माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी आह्वान गरिएको बैठक आज दिउँसो १ बजे बस्ने गरी सरेको हो ।

पार्टीका मुख्यसचिव श्रीराम ढकालका अनुसार सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज बस्ने भएकोले माओवादी पदाधिकारी बैठक सरेको हो ।

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

Logo