कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी, मन्त्रीले राजीनामा दिँदै

कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी, मन्त्रीले राजीनामा दिँदै

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो ।

एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका मन्त्रीले आज राजीनामा दिने बताइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले आज पार्टी सरकारबाट बाहिरिने बताएका छन् । कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छिन् ।

Logo