लक्ष्मी महतो कोइरीको आतिथ्यमा एमाले बर्दिबासले ग-यो वृक्षारोपण

लक्ष्मी महतो कोइरीको आतिथ्यमा एमाले बर्दिबासले ग-यो वृक्षारोपण

केन्द्रबिन्दु
420
Shares

काठमाडाैं । प्रतिनिधि सभा सांसद लक्ष्मी महतो कोइरीकाे आतिथ्यमा नेकपा एमाले बर्दिबास नगर कमिटीले वृक्षरोपण गरेको छ । उक्त वृक्षरोपण बर्दिबास नगरपालिका-५ को टुटेश्वर गाउँभन्दा पश्चिम बगरमा गरिएको हो । वृक्षरोपण कार्यक्रममा महोत्तरी क्षेत्र नं-१ प्रतिनिधि सभा सांसद लक्ष्मी महतो कोइरी, मधेश प्रदेश भौतिक पुर्वाधार मन्त्री सरोज यादव, शिक्षा तथा सामाजिक कल्याण राज्री मन्त्री शारदा देवि थापालगायत नेता कार्यकर्ताको बिशेष उपस्थित रहेकाे थियाे ।

बर्दिबास मेडिकल कलेज निर्माण गर्दा बिस्थापन गर्नुपर्ने बोटबिरुवाको सट्टाभर्ना र स्वच्छ पर्यावरणमा योगदान गर्न वृक्षरोपण गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सम्झनामा बिहान ७ बजेदेखि ११ बजेसम्म विभिन्न जातका ५ हजार बिरुवा रोपेर पुष्पलालको मार्ग निर्देशनबारे परिचर्चा समेत गरिएको थियो । कार्यक्रममा एमालेका ३५६ स्थानीय नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Logo