राज्यमन्त्री बनाउन रेशम निकटका चौधरीलाई रन्जिताको सिफारिस

राज्यमन्त्री बनाउन रेशम निकटका चौधरीलाई रन्जिताको सिफारिस

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । अध्यक्ष रन्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई ओली नेतृत्वको सरकारको राज्यमन्त्रीमा सिफारिस गरेकी छन् ।

केही समयअघिसम्म रन्जिता निकट रहेका अरुण अहिले रेशम चौधरी निकट भएका छन् । रेशम निकट भए पनि उनलाई राज्यमन्त्री बनाउन रन्जिताले सिफारिस गरेकी हुन् ।

प्रतिनिधि सभामा चार सिट रहेको नाउपाले मन्त्री पाउने सम्भावना क्षीण रहेपछि अध्यक्ष रन्जिताले अरुणलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् । किनभने अहिलेसम्म प्रधानमन्त्री ओलीले साना दलहरूलाई कति स्थान दिने भन्ने विषय भने टुङ्गो लागेको छैन ।

अरुणले क्याम्प फेरेपछि संसदीय दलको नेतामा पनि रेशम निकटका गङ्गा चौधरी चुनिए । अहिले रन्जिताले नै उनलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।

Logo