बागमतीमा ४ मन्त्रीले लिए शपथ

बागमतीमा ४ मन्त्रीले लिए शपथ

केन्द्रबिन्दु
98
Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन् । उनले हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई नियुक्त गरेका हुन् ।

कांग्रेसका ४ जना मन्त्रीले मुख्यमन्त्री लामासमक्ष शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गरेका छन् । सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिएका छन् ।

Logo