जहाज दुर्घटनाप्रति लिङदेनको प्रश्नः सी चेक गराउन पोखरामै लानुपर्ने ?

जहाज दुर्घटनाप्रति लिङदेनको प्रश्नः सी चेक गराउन पोखरामै लानुपर्ने ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे सदनमा प्रश्न उठाएका छन् । उनले विमानको सी चेकलगायतका प्राविधिक विषयमा प्रश्न उठाएका हुन् ।

उनले भने, ‘सौर्य एयरलाइन्स दुर्घटनाले गम्भीर प्रश्न उठेका छन् । यो एयरलाइन्सले सी चेक गराउनुपर्ने थियो त्यो पोखरामै लानुपर्ने काठमाडौँमा हुन नसक्ने केही कारण थियो कि थिएन ? यहाँ हुन सक्ने हो की होइन ? नेपाल एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयर र नेपाल आर्मीको ह्याङ्गरमा सी चेक गराउने सुविधा लिन सकिन्थ्यो कि नाइँ ? यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।’

Logo