संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तबारे के होला निर्णय ?

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तबारे के होला निर्णय ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । समितिको बैठक आज बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गरिने बताइएको छ । असार २ गते संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरिएका उनीविरुद्ध एक महिलाले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् । त्यसपछि उजुरीकर्ता र प्रधानसँग यस विषयमा सुनुवाइ समितिले छलफल गरेको थियो ।

प्रधानमाथिको सुनुवाइ सकिइसकेकाले आज उनको सिफारिस अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने छ । साउन ९ गते प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो ।

Logo