सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा जारी

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा जारी

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा तीन सदस्यीय कार्यदलको बैठक बसिरहेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मासहित सरोकारवाला सहभागी छन् । यसअघि शुक्रबारको कार्यदल बैठकले टुङ्गो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो ।

कार्यदल स्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्ने कि नगर्ने भन्ने विषयबारे सहमति जुट्न बाँकी छ ।

Logo