राप्रपाले जिल्ला अध्यक्षहरूको भेला गर्दै

राप्रपाले जिल्ला अध्यक्षहरूको भेला गर्दै

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । राप्रपाले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार साउन १७ र १८ गते भेला गर्न लागिएको हो ।

भेलालाई अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एस आर बैंक्वेटमा उद्घाटन गर्ने छन् । भेलामा सहभागी हुन विभिन्न जिल्लाका अध्यक्ष काठमाडौँ आउने क्रम सुरु भएको छ ।

भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने र पार्टीको समग्र सांगठनिक अवस्थाको समीक्षा पनि हुने श्रेष्ठले बताए ।

Logo