फाइल पनि तपाईँहरूले नै खोल्नुभएको हो, काण्ड पनि तपाईँहरूले नै गरेको होः रवि लामिछाने

फाइल पनि तपाईँहरूले नै खोल्नुभएको हो, काण्ड पनि तपाईँहरूले नै गरेको होः रवि लामिछाने

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । प्रतिनिधि सभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल आफूले खोल्ने प्रयास गरेको बताएका छन् । सोमबार बोल्दै उनले बन्द नहुँदै जिउँदै रहेको फाइललाई गाड्न खोजिएकाले आफूहरूले त्यसलाई नै पुनः खोल्न प्रयास गरेको बताएका हुन् ।

उनले भने, ‘हिजो यहाँ कुरा आयो फाइल हामीले खोलेका हौँ तिमीहरूले खोलेको होइनौ । ठीक छ, तपाईँहरूले नै खोल्नुभएको हो हामीलाई जस चाहिएको छैन । काण्ड पनि हामीहरूले नै हो गरेको हो भन्दिएको भए राम्रो हुन्थ्यो । ३० औँ वर्षमा यी काण्डहरू नि आफैँले गरेको हो । फाइल तपाईँहरूले नै खोल्नुभएको हो । तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्न खोज्नुभयो । जसमा प्रमाण थियो । त्यसलाई नै पुनः हामीले खोल्न प्रयास गरेका हौँ।’

Logo