नयाँ प्रदेश प्रमुखः नेकपा एस र माओवादी निकटलाई हटाएर काँग्रेस-एमाले नेता नियुक्त

नयाँ प्रदेश प्रमुखः नेकपा एस र माओवादी निकटलाई हटाएर काँग्रेस-एमाले नेता नियुक्त

केन्द्रबिन्दु
448
Shares

काठमाडौँ । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । मन्त्रीपरिषद् बैठकले यसअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र निकट रहेका प्रमुखलाई हटाएर बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।

बागमती प्रदेश प्रमुखमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशी नियुक्त भएका हुन् । देवकोटा कैलालीका एमाले नेता हुन् भने जोशी कञ्चनपुरका काँग्रेस नेता हुन् ।

यसअघि बागमती प्रदेश सरकारको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश सरकारको प्रमुखमा तिलक परियार रहेका थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट भएकाले उनीहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो ।

Logo