बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई फिर्ता बोलाइने

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई फिर्ता बोलाइने

केन्द्रबिन्दु
364
Shares

काठमाडौँ । सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेसँगै यसअघिका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय भएको छ । मन्त्रीपरिषद् बैठकले यसअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र निकट रहेका प्रमुखलाई हटाएर बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ ।

बागमती प्रदेश प्रमुखमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशी नियुक्त भएका हुन् । देवकोटा कैलालीका एमाले नेता हुन् भने जोशी कञ्चनपुरका काँग्रेस नेता हुन् ।

Logo