प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

Logo