दक्षिण कोरियाको राजदूतमा शिवमाया तुम्बाहाङ्फे सिफारिस

दक्षिण कोरियाको राजदूतमा शिवमाया तुम्बाहाङ्फे सिफारिस

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । सरकारले पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफरिस गरेको थियो ।

तुम्बाहाङ्फेले राजनीतिशास्त्रमा ‘नेपालमा राजनीतिक महिला आन्दोलन: विश्लेषणात्मक अध्ययन (विसं २०४७-६०)’ शीर्षकमा विद्यावारिधि गरेकी छन् । विद्यार्थीकालमा अनेरास्वियूको केन्द्रीय उपाध्यक्ष बनेकी उनी केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा इजरेलका लागि नेपाली राजदूतमा मनोनयनमा परेकी थिइन् । तर सरकार परिवर्तन भएपछि उनी राजदूत भने हुन पाइनन् ।

Logo