बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज संसद्बाट विश्वासको मत लिँदै छन् । कांग्रेस एमालेको गठबन्धनबाट नियुक्त भएका उनले ३० दिनभित्र संसद्मा विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने तयारी गरेका हुन् ।

दिउँसो ३ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल सहित निर्णय हुनेछ ।

Logo