कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, को बन्लान् सभापति ?

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, को बन्लान् सभापति ?

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । आज अपराह्न साढे ४ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।

यसअघिकी सभापति डा. आरजु राणा देउवा परराष्ट्र मन्त्री बनेसँगै रिक्त रहेको कृषि समितिको सभापतिका लागि नेपाली कांग्रेसबाट सांसद कुसुम थापा मगरले उमेदवारी दर्ता गराएकी छिन् । सोमवार उम्मेदवारी दर्ता गराएकी थापा मगरको प्रस्तावक कांग्रेस सांसद वीरबहादुर बलायर र समर्थकमा नेकपा एमालेका सूर्यप्रसाद ढकाल रहेका छन् ।

Logo