आज पनि चारवटा संसदीय समितिको बैठक बस्दै

आज पनि चारवटा संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बिहान बस्दै छ । शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल गर्न बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । जसमा गृहमन्त्री रमेश लेखकलाई पनि बोलाउने कार्यसूची छ ।

त्यस्तै, विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल गर्न बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा नागढुंगा सुरुङ मार्ग र नागढुंगा–मुग्लिङ सडक खण्डका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सुरु हुनेछ । बैठकमा सिंहदरबार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।

Logo