क्षमताभन्दा बढी कैदीबन्दी राखेर मानवअधिकार उल्लङ्घन नगरौँः कृष्णगोपाल श्रेष्ठ

क्षमताभन्दा बढी कैदीबन्दी राखेर मानवअधिकार उल्लङ्घन नगरौँः कृष्णगोपाल श्रेष्ठ

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले क्षमताभन्दा बढी कैदीबन्दी राखेर सबै मानवअधिकार हनन गर्ने काम भएको बताएका छन् । बुधबार बसेको सुशासन समितिको बैठकमा बोल्दै उनले अहिलेको समयमा कैदीहरूको आफ्नो मानवअधिकार पूर्णरूपमा पाउनुपर्ने भन्दै त्यसका लागि सबै कारागारको अवस्था बुझ्न जरुरी रहेको बताए ।

उनले भने, ‘एउटा बन्दीले के भन्यो भने एउटा खाटमा हामी तीन जना सुत्छौँ मान्यज्यु, तर यो समस्या सबै कारागारमा नहोला तर यो गम्भिर विषय चाहिँ हो । क्षमता भन्दा बढी कैदीबन्दी राख्नु यो मानवअधिकार हनन जस्तै भयो त्यसैले सबैको लागि यो गम्भिर कुरा हो ।’

यस्तै उनले कैदीबन्दीका समस्या समाधान गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले सक्षम योग्य गृहमन्त्री मुलुकले पाएकोले चाँडै समस्या समाधान हुनेमा आशा व्यक्त गरे ।

उनले भने, ‘मुलुकले अहिले सक्षम र योग्य गृहमन्त्री पाएको छ । यो विषयमा टोटल सबै टिम बसेर यो समस्यालाई कसरी समाधान गर्ने भनेर केन्द्रित चाँहि हुनै पर्‍यो, हाम्रो पाटोबाट तपाईँहरूलाई के सहयोग गर्नुपर्ने हो हामी गर्न तयार छौँ । तर यो देशकै समस्या हो, आखिर कारागार चाहिन्छ नै यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्‍यो, खाना, मनोरञ्न भन्दा नि एउटा खाटमा एक जना मात्र कैदी सुत्ने व्यवस्था हुनुपर्‍यो।’

Logo