शुक्रबार विश्वासको मत लिँदै सुदूरपश्‍चिमका मुख्यमन्त्री

शुक्रबार विश्वासको मत लिँदै सुदूरपश्‍चिमका मुख्यमन्त्री

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । केन्द्रमा राजनीतिक समीकरण फेरिएर अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोडारीले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन बैठक व्यवस्थापन गरिदिन आग्रह गरेपछि शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।

एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोडारीलाई अहिले नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जनाको मात्र समर्थन छ । कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र १र१ गरेर ३७ जना विपक्षमा छन् ।

Logo