अठार देशमा राजदूत सिफारिस, पाँच देशकालाई फिर्ता बोलाइयो [कुन देशमा को ?]

अठार देशमा राजदूत सिफारिस, पाँच देशकालाई फिर्ता बोलाइयो [कुन देशमा को ?]

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । सरकारले १८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकाका राजदूतलाई फिर्ता बोलाउने गरी यीसहित अन्य मित्रराष्ट्रमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले ५ देशका राजदूतलाई भने भदौ १५ गतेभित्र नेपाल फर्किसक्नेगरी फिर्ता बोलाउने निर्णय गरेको छ ।

राजदूत सिफारिस गरिएका देशहरूमा भारत, अष्ट्रेलिया, साउदी अरेविया, दक्षिण अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, रुसी महासङ्घ, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल र पाकिस्तान रहेका छन् ।

सिफारिस भएका राजदूतमा भारतका लागि शंकर शर्मा, अष्ट्रेलियामा कान्ता रिजाल, साउदी अरेवियाका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, इजरायलमा धनप्रसाद पण्डित र रामकृष्ण भट्टराई श्रीलङ्काका लागि सिफारिस भएका छन् । यस्तै स्पेनका लागि शनिल नेपाल, जर्मनीका लागि शैल रूपाखेती, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे, र डा शिवमाया तुम्काहाङ्फे दक्षिण कोरियाका लागि सिफारिस भएका छन् ।

यस्तै सरकारले रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, कतारका लागि रमेशचन्द्र पौडेल, चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कमा सुम्निमा तुलाधर, मलेसियामा डा नेत्रप्रसाद तिमिल्सिना, पोर्चुगलका लागि प्रकाशमणि पोखरेल र पाकिस्तानका लागि रीता धिमाललाई सिफारिस गरिएको हो ।

Logo