सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान

सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी राजनीतिक दलको समर्थनमा आफ्नो पक्षमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका नियुक्तका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् ।

Logo