दोस्रो वर्षमा चौथो सरकारः को बन्दै छन् सुदूरपश्चिमका मुख्यमन्त्री ?

दोस्रो वर्षमा चौथो सरकारः को बन्दै छन् सुदूरपश्चिमका मुख्यमन्त्री ?

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ । सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै छ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मका लागि नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने केन्द्रमा कांग्रेस एमालेबीच सहमति भएपछि सोहीअनुसार आज काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको छ । मुख्यमन्त्रीमा काङ्ग्रेसबाट प्रकाश देउवा, बहादुरसिंह थापा र कमलबहादुर शाहको दाबी थियो । तर संसदीय दलका नेता रहेकाले शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी रहेको देखिन्छ ।

सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्य छन् । जसमा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।

पछिल्लो निर्वाचनपछि गठित सुदूरपश्चिम प्रदेशसभामा हालसम्म तीन जना मुख्यमन्त्री फेरिएका छन् । अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया सुरु भएको छ ।

Logo