कर्णालीका चारजना मन्त्रीले आज शपथ लिँदै

कर्णालीका चारजना मन्त्रीले आज शपथ लिँदै

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेपाली कांग्रेसका चार जना मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ । कर्णाली प्रदेश सरकारमा जान लागेको नेपाली कांग्रेसका चारजना मन्त्रीको पद तथा गोपनीयताको शपथ आज हुने भएको हो ।

कांग्रेस संसदीय दलले गत शुक्रबार नै आफ्नो दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो । शपथ लिनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाही, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र खानेपानी, जलश्रोत, ऊर्जा विकास मन्त्रीमा विजय बुढा रहेका छन् । शपथ आज दुई बजे हुनेछ ।

Logo