एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेश

एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेश

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाले आइतवार साँझसम्म सरकार गठनका लागि समय तोकेका थिए । जसअनुसार शाहले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

कांग्रेस–एमालेबीच सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुसार शाहले दाबी पेश गरेका हुन् ।

शुक्रवार एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले विश्वासको मत प्राप्त नगरेपछि राजीनामा दिएका थिए । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुगाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । आज साँझसम्म यी दुई दलबाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाएको छ ।

पछिल्लो निर्वाचनपछि गठित सुदूरपश्चिम प्रदेशसभामा हालसम्म तीन जना मुख्यमन्त्री फेरिएका छन् । अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया सुरु भएको छ ।

Logo