नागरिक उन्मुक्तिका चौधरी सुदूरपश्चिममा मन्त्री बन्दै

नागरिक उन्मुक्तिका चौधरी सुदूरपश्चिममा मन्त्री बन्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् ।

सोही क्रममा नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा लक्ष्मणकिशोर चौधरीलाई पठाउने भएको छ । सोमबार बसेको संसदीय दलले सरकारमा पठाउने निर्णय गरेको हो ।

सातवटा मन्त्रालयमध्ये यसअघि पाएको सामाजिक विकास मन्त्रालयमा पार्टीले दाबी गरेको छ । तर मुख्यमन्त्रीले वन तथा पर्यटन मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ ।

Logo