सुदूरपश्चिममा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री ?

सुदूरपश्चिममा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सुदूरपश्चिममा आज ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दै छन् । त्यसलगत्तै मन्त्रिहरूले पनि शपथ ग्रहण गर्ने जनाइएको छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ । सुदूरपश्चिममा मेघराज खड्का सामाजिक विकास मन्त्री बन्दै छन् । सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी सरस्वती खड्काले पाउने भएकी छिन् । यस्तै, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदै छन् भने प्रकाशबहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

Logo