मधेस प्रदेशमा बन्यो २० सदस्यीय मन्त्रिमण्डल

मधेस प्रदेशमा बन्यो २० सदस्यीय मन्त्रिमण्डल

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । मधेस प्रदेशमा २० सदस्यीय मन्त्रिमण्डल बनेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतीशकुमार सिंहको सिफारिसमा संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंलबार मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुघन यादवका अनुसार पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ११ मन्त्री र ८ जना राज्यमन्त्री रहेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा जनार्दनसिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, रानीकुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री र राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्री नियुक्त भएका छन् । यस्तै शत्रुघनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या, सुनिलकुमार यादव अर्थ, प्रमोदकुमार जयसवाल खेलकुद तथा समाज कल्याण, त्रिभुवन साह वन तथा वातावरण, शेषनारायण यादव ऊर्जा, सकिल मियाँ उद्योग र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएकी छिन् । मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त राज्यमन्त्रीहरूले मंगलबार नै पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन् ।

Logo