रास्वपा संसदीय दलको बैठक आज बस्दै

रास्वपा संसदीय दलको बैठक आज बस्दै

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आज बिहान संसदीय दलको बैठक आह्वान गरिएको हो ।

दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बिहान १०ः३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो । रास्वपाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

Logo