आजदेखि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु

आजदेखि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ । सुनुवाइ प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

Logo