आज चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
266
Shares

काठमाडौँ । आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समिति र दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेका सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ । मध्याह्न सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रारम्भ हुने बताइएको छ ।

Logo