चर्को आलोचनापछि मधेश प्रदेशका ८ राज्यमन्त्री बर्खास्त

चर्को आलोचनापछि मधेश प्रदेशका ८ राज्यमन्त्री बर्खास्त

केन्द्रबिन्दु
560
Shares

काठमाडौँ । मधेश प्रदेशका ८ राज्यमन्त्रीहरू हटाइएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले उनीहरूलाई हटाउन मंगलबार प्रदेश प्रमुखको कार्यालयलाई पत्र लेखेका हुन् ।

बर्खास्त हुनेमा कांग्रेसका २, एमालेका ३, जनमतका २ र लोसपाका एक राज्यमन्त्री छन् । सिंहले १२ मन्त्री र ८ राज्यमन्त्रीसहित २० सदस्यीय मन्त्रिमण्डल बनाएपछि मुख्यमन्त्रीको आलोचना भएको थियो ।

यी हुन् हटाइएका राज्यमन्त्री

मुख्यमन्त्री सिंहले शारदा देवी थापा, केशव राय, रञ्जुकुमारी मण्डल खङ्ग, शम्भु साह, रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव र मोहम्मद जैद आलम आज बर्खास्त गरेका हुन् ।

Logo