विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधबार बस्दै छ । बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

Logo