टीआरसी विधेयक आजै पारित गर्ने तयारी

टीआरसी विधेयक आजै पारित गर्ने तयारी

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । प्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी गरिएको छ । आजको बैठकमा टीआरसी विधेयक प्रस्तुत हुँदै छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची छ । विधेयकमा प्रमुख दलका शीर्ष नेताहरूले धारणा राख्नेछन् ।

कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।

Logo